पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारमा नियुक्त

Newslaya Home

पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारमा नियुक्त

मङ्गलबार ३०, भदौ २०७७

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले डा. खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।

राष्ट्रियसभामा दुई वर्षका लागि मनोनित भएका खतिवडाको समय सकिएपछि उनी ६ महिना गैर सांसदको रुपमा मन्त्री बनेका थिए ।

डा. खतिवडाले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएपछि रिक्त राष्ट्रियसभाको एक सिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरिएको छ ।