बुढीखोलामा एक पुरुषको शव फेला

Newslaya Home

बुढीखोलामा एक पुरुषको शव फेला

मङ्गलबार ३०, भदौ २०७७

इटहरी । सुनसरीको इटहरी उपमहानगरपलिका–१० बरगाछीमा बुढीखोलाले बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

मंगलबार खोलाले बगाएर ल्याएको अवस्थामा ५० वर्षीय पुरुषको शव फेला परेको हो । मृत भेटिएका पुरुषको नाम, थर, वतन खुल्न नसकेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।