उदयपुरमा बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

Newslaya Home

उदयपुरमा बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

मङ्गलबार ३०, भदौ २०७७

उदयपुर । उदयपुरमा बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

मंगलबार त्रियुगा नगरपालिकाकी २० वर्षीया महिलामाथि घरमै बलात्कार गरेको आरोपमा पुरानो गाइघाटका ४३ वर्षीय सूर्य विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

विश्वकर्माले मंगलबार दिउँसो ती महिलाको कोठामै गएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा विश्वकर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।