भारतमा यूट्यूबले टिकटकजस्तै नयाँ एप ल्याउँदै

Newslaya Home

भारतमा यूट्यूबले टिकटकजस्तै नयाँ एप ल्याउँदै

मङ्गलबार ३०, भदौ २०७७

बीबीसी। यूट्यूबले भारतमा टिकटकको नयाँ प्रतिस्पर्धीको रूपमा नयाँ एपको संस्करण परीक्षण गर्ने घोषणा गरेको छ।

यूट्यूब सर्ट्स नामक उक्त एपमा १५ सेकेन्डको भिडिओ बनाउन मिल्नेछ र तिनको सिर्जना गर्ने शैली र तरिका चिनियाँ स्वामित्वको टिकटकसँग मिल्दोजुल्दो हुनेछ। भारत र चीनबीच सीमामा तनाव चुलिएका बेला दिल्लीले टिकटकसहित सबै चिनियाँ एपलाई प्रतिबन्ध लगाएको थियो।

भारतमा टिकटकका सर्वाधिक १२ करोड प्रयोगकर्ता थिए। यूट्यूबले भारतमा अब टिकटकको अभाव पूर्ति गर्न खोजिरहेका थुप्रै स्थानीय एपहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

उक्त नयाँ एपमा भिडियो क्लिपहरूलाई जोड्न सकिने, गति नियन्त्रण गर्न सकिने, समय तोकेर हातको प्रयोगबिना रेकर्ड गर्न सकिने जस्ता विविध सुविधा छन्। सर्ट्सले सङ्गीतको प्रयोग गरेर वा गीतको सङ्ग्रहबाट तिनको प्रयोग गर्ने विकल्प दिन्छ।