अफगानिस्तानमा बम विस्फोटमा परी पाँच सैनिकको मृत्यु

Newslaya Home

अफगानिस्तानमा बम विस्फोटमा परी पाँच सैनिकको मृत्यु

मङ्गलबार ३०, भदौ २०७७

काठमाण्डौ । अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा भएको एक बम हमलामा परी पाँच जना अफगान सेनाको मृत्यु भएको छ ।

पश्चिमी बागदिस प्रान्तको अबकामारीमा सोमबार सडक किनारमा राखिएको बम विस्फोट हुँदा सैनिकको ज्यान गएको हो । प्राप्त समाचार अनुसार उक्त जिल्लाको एक राजमार्गमा लुकाई छिपाई राखिएको बम सेनाको सवारीमा नजिक पुगेपछि विस्फोट भएको थियो ।

त्यस विस्फोटमा परी सुरक्षा गस्तीमा हिँडेको अफगान सेनाको सवारीमा रहेका पाँच जना सैनिकको ज्यान गएको र त्यसमा रहेका अरु केही घाइते भएको जनाइएको छ ।