फेरि बढ्न थाल्यो सुनको भाउ

Newslaya Home

फेरि बढ्न थाल्यो सुनको भाउ

मङ्गलबार ३०, भदौ २०७७

काठमाडौं । सुनको मूल्य मंगलबार (आज) प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला ९७ हजार ५ सय कायम भएको छ । सोमबार सुन ४ सयले बढेर तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

आज चाँदी १३ सय ४० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।