१ लाखको कोरोना बीमा गर्नेले २५ हजार मात्रै पाउने, ७५ हजार भने उपचारको बिलअनुसार मात्रै

Newslaya Home

१ लाखको कोरोना बीमा गर्नेले २५ हजार मात्रै पाउने, ७५ हजार भने उपचारको बिलअनुसार मात्रै

मङ्गलबार ३०, भदौ २०७७

काठमाडौ । अबदेखि १ लाख रुपैयाँको कोरोना बिमा गर्नेले २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन् ।

सोमबारदेखि लागू हुनेगरी कोरोना बीमाको मापदण्ड संशोधन गरिएको हो । कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ र त्यसपछि औषधि उपचारका लागि हुने खर्च बिल भर्पाईका आधारमा मात्रै दिने भएको हो ।

तर संक्रमित घरमा वा होटलमा बसेको वा खाना खाएको खर्चको बिल भने भुक्तानी नहुने समितिले जनाएको छ।

भदौ २८ अघि बीमा गरेकालाई भने पिसिआर पोजेटिभपछि एक लाख रुपैया नै भुक्तानी हुनेछ।

बीमा समितिकाअनुसार हालसम्म करिब ४ सय जनाले कोरोना बीमाको भुक्तानी लिएका छन् भने १२ सयले क्षतिपूर्तिका लागि दावी गर्दै बीमा कम्पनीहरुमा निवेदन दिएका छन् ।

१३ लाखभन्दा बढी संख्याले बीमा गरेको र ७५ करोड रुपैयाँ बराबर प्रिमियम रकम संकलन भएको छ।

कोरोना बीमाको भुक्तानीका लागि प्रक्रिया पुर्याएर आवेदन दिएको ७ दिनभित्रमा भुक्तानी गर्नुपर्ने मापदण्डमा उल्लेख छ।