कालो सुचीमा राखियो ओम्नी

Newslaya Home

कालो सुचीमा राखियो ओम्नी

मङ्गलबार ३०, भदौ २०७७

काठमाडौं । सरकारले ओम्‍नी बिजनेस कर्पोरेशन इन्टरनेसनललाई सरकारले कालोसूचीमा राखेको छ । कोरोना रोकथामसम्बन्धि स्वास्थ्य सामग्री खरिद गर्दा घोटला गरेको आरोप लागेको ओम्नीलाई स्वास्थ्य सेवा विभाग, टेकुले एक वर्षका लागि कालोसूचीमा राखेको हो।

विभागले ओम्नीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री कबुल गरेबमोजिम समयमा ल्याउन नसकेको भन्दै ठेक्का रद्द गरेको थियो ।

विभागले गत चैत १९ गते ओम्नीसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द गरेर नेपाली सेनालाई जिम्मा दिएको थियो। तर सेनाबाट भएको खरिद डिल पनि विवादित भएपछि सेना आफै पछि हटेको थियो।