नियमित गहुँत पिउँछन् अक्षयकुमार

Newslaya Home

नियमित गहुँत पिउँछन् अक्षयकुमार

मङ्गलबार ३०, भदौ २०७७

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले आफूले नियमित रूपमा गहुँत पिउने गरेको बताएका छन् । उनले एक टेलिभिजन कार्यक्रममा यस्तो खुलासा गरेका हुन् ।

आफूले आयुर्वेदिक कारणले दैनिक गहुँत पिउने गरेको बताउँदै उनले यसो गर्दा गाह्रो नभएको प्रतिक्रिया दिएका थिए । डिस्कभरी च्यानलमा उक्त कार्यक्रम प्रसारण भएको थियो ।

हाल अक्षय कुमार आफ्नो आगामी फिल्म ‘बेल बटम’को सुटिङका लागि स्कटल्यान्डमा छन्। यो फिल्ममा लारा दत्ता र वाणी कपुर पनि छिन्।