प्रदेश १ र २ मा भारी वर्षा, सतर्कता अपनाउन मौसमविद्को सुझाव

Newslaya Home

प्रदेश १ र २ मा भारी वर्षा, सतर्कता अपनाउन मौसमविद्को सुझाव

मङ्गलबार ३०, भदौ २०७७

काठमाडौ । देशभर नै भारी वर्षा जारी रहँदा सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । त्यसमा पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा आगामी २४ घण्टामा निरन्तर भारी वर्षा हुने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। अन्य स्थानमा हल्कादेखि मध्यमसम्म र प्रदेश १ को झापामा भने भारी वर्षा भइरहेको छ।

महाशाखाले मंगलबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ ः ‘प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’