असोज ५ गतेबाट खुल्ने भो यातायात

Newslaya Home

असोज ५ गतेबाट खुल्ने भो यातायात

मङ्गलबार ३०, भदौ २०७७

काठमाडौं । सरकारले असोज ५ गतेबाट अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत १० बाटै रोकिएको अन्तर जिल्ला यातायात र अन्तरिक हवाई उडान खोल्ने भएको हो ।

पछिल्लो समय भने यातायात व्यवसायी र वायुसेवा प्रदायक कम्पनीहरुले सरकारलाई दबाव दिएका थिए । यातायात व्यवसायी र मजदुर संगठनहरुले सरकारले निर्णय नगरे असोज १ बाट आफैं सवारी चलाउने चेतावनी समेत दिएका थिए ।