इटहरीकी साहित्यकार गीता झुण्डिएको अवस्थामा फेला

Newslaya Home

इटहरीकी साहित्यकार गीता झुण्डिएको अवस्थामा फेला

मङ्गलबार ३०, भदौ २०७७

इटहरी । इटहरीकी साहित्यकार गीता भट्टराई झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।

इटहरी ५ पचरुखीस्थित आफ्नै निवासमा सोमबार साँझ झुण्डिएको अवस्थामा भेटिएकी हुन् । उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । उनी आइतबार मात्र साहित्यकारहरुको जुम मिटिङमा सहभागि थिइन् ।

दिउँसो एक्लै घरमा रहेकी उनलाई साँझ ५ बजे परिवारका सदस्यहरुले झुण्डिएको अवस्थामा भेटेका थिए । ढोका खोल्न आग्रह गर्दा नखोलेपछि झ्यालबाट हेर्दा सिलिङ्ग फ्यानको पत्तामा सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।

भट्टराईकी एक छोरा र एक छोरी रहेका छन् ।