झण्डा जलाउने ग्यालजेन पुर्वपक्षका लागि जेल चलान, बाँकीलाई छाडियो

Newslaya Home

झण्डा जलाउने ग्यालजेन पुर्वपक्षका लागि जेल चलान, बाँकीलाई छाडियो

मङ्गलबार ३०, भदौ २०७७

काठमाडौ । म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने ग्यालजेन दोर्जे तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । उनलाई न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

सो आरोपमै पक्राउ परेका मध्ये ३ जना पन्ध्र–पन्ध्र हजार धरौटी तिरेर तारेखमा छुटेका छन् भने पाँच जनालाई साधारण तारेखमा छाडिएको छ । चौबिस भदौमा नौ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । ‘मंगोल होप अफिसियल’ नामक युट्युव च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो गीत सार्वजनिक गरिएपछि उनीहरु पक्राउ परेका थिए ।