भारतमा १७ जना सांसदलाई कोरोना पुष्टि

Newslaya Home

भारतमा १७ जना सांसदलाई कोरोना पुष्टि

सोमबार २९, भदौ २०७७

नयाँदिल्ली । भारतमा संघीय संसदको वर्षे अधिवेशन सुरु हुनुअघि सांसदहरुमा कोरोना परीक्षण गरिँदा १७ जना सांसद कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

सोमबार समाचार आएअनुसार सत्तारुढ दल भारतीय जनता पार्टीकी मिनाक्षी लेखी, अनन्त कुमार हज्डी, प्रवेश सहिब सिंहलगायत सांसदलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

कोरोना महामारीका कारण भारतको संघीय संसदको वर्षे अधिवेशन ढिलो गरी यही सोमबारदेखि सुरु भएको छ । सांसदहरुलाई बैठकमा आउँदा सावधानी अपनाउनुका साथै गाइडलाइन पालना गर्न सुझाव दिइएको छ ।

सांसदहरुका लागि कोरोनाबारे जानकारी उपलब्ध गराउन र सहज सूचनाका लागि मोबाइल एप समेत बनाइएको छ । सोही अनुरुप सांसदहरु पूर्वतयारी गर्छन् । यससँगै भारत विश्‍वकै सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशमा छ । साथै तीव्र रुपमा संक्रमण फैलिएको पनि भारतमा नै हो । यद्यपि भारत सरकारले संक्रमण असरका आधारमा रेडजोन, ग्रीन जोन र एल्लो जोन भनी सार्वजनिक सवारी कतै खुलाउने र कतै बन्द गराउने गरेको छ ।