लालीगुँरास कृषि सहकारी संस्थाको अध्यक्षमा बस्नेत

Newslaya Home

लालीगुँरास कृषि सहकारी संस्थाको अध्यक्षमा बस्नेत

सोमबार २९, भदौ २०७७

प्रकाशपुर । बराहक्षेत्र १० प्रकाशपुरमा रहेको लालीगुराँस कृषि सहकारी संस्थाको निर्वाचन प्रक्रियाबाट अध्यक्षमा नवराज बस्नेत निर्वाचित भएका छन् ।

भदौ २० गते भएको निर्वाचनबाट संञ्चालक र लेखा सुपरीवेक्षकमा बस्नेतसहित १२ जना निर्वाचित भएका हुन् । संस्थाको २१ औं वार्षीक साधारण सभामा सञ्चालक लेखा सुपरिवेक्षक समितिको लागि भएको चुनाबबाट अध्यक्षमा नवराज बस्नेत, उपाध्याक्षमा हरिनारायण चौधरी, सदस्यहरुमा इन्दिरा सिक्देल, गंगाकुमारी खड्का थापा, सुनिता खड्का वस्नेत, नगेन्द्र बहादुर कार्की, चेतन खड्का, बाबुराम कार्की र सुर्यबहादुर श्रेष्ठ रहेका छन् ।

सामाजिक दुरी कायम गरी भएको निर्वाचनमा लेखा सुपरिवेक्षकको संयोजकमा निरकुमार कट्वाल निर्विरोध निर्वाचित भएका थिए । सदस्यमा अनिल राई र मेघराज दाहाल विजयी भएका हुन् । निर्वाचित भएका समितिलाई निवार्चन समितिका संयोजक सुर्यबहादुर माझी र सदस्यद्वोय जयप्रसाद अचार्य र टिकाबहादुर कट्वालले आज सोमबार निर्वाचन भएका सञ्चालक र लेखा सुपरिवेक्षकको निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको निर्वाचन संयोजक सुर्यबहादुर माझीले जानकारी दिए । सबै निर्वाचित सञ्चालकहरुले चाडै हुने संस्थाको साधारण सभामा सपत ग्रहण लिने निवर्तमान अध्यक्ष छविकेशर प्याकुरेलले बताए ।

३ वर्षे कार्यकालको लागि भएको चुनावबाट निर्वाचित नवराज बस्नेतले भने ‘कृषि सहकारीको माध्यमबाट कृषकलाई आत्मनिर्भर बनाउन र कृषक सम्म लालीगुराँस संस्था पुराउन सबै सञ्चालक समितिको हात र साथ रहनुपर्छ ।’ उनले भने ‘सहकारीमा मेरो र तेरो हुदैन सहकारी भनेकै सहकार्य गरेर अगाडि बढ्ने हो ।’

प्रमाण पत्र वितरण कार्यक्रममा संस्थाका पूर्वाध्याक्ष धनपति लिम्बु, छविकेशर प्याकुरेल र संस्थाका सञ्चालक हुमरजंग बस्नेतले शुभकामना मन्तव्य राख्दै कृषि सहकारीलाई अगाडि बढाउनुको विकल्प अहिलेको समयमा नभएको बताएका छन् । लालीगुँरास कृषि सहकारी संस्था साविकको प्रकाशपुर गाविस मधुवन, महेन्द्रनगर र भोक्राहा गाविस कार्यक्षेत्र रहेको छ । संस्थामा १ सय ४५ जना शेयर सदस्य रहेको संस्था २०६२ सालमा स्थापना भएको हो ।

No description available.