२०७७ भाद्र २९ गते सोमबारको राशिफल

Newslaya Home

२०७७ भाद्र २९ गते सोमबारको राशिफल

सोमबार २९, भदौ २०७७

मेष । आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । प्राविधिक कार्यमा मन जानेछ ।

वृष । कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मिथुन । आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ । आत्मबलपनि बढ्नेछ ।

कर्कट । आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

सिंह । आज कार्यमा बाधा आउनेछ । सरकारी निकाएको भय रहला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ ।

कन्या । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

तुला । स्वादिष्ट भोजन पाईनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

वृश्चिक । शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु । आज अनावश्यक यात्रा र वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर । प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ । शुभकार्यको चर्चा चल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

मीन । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ । घरमा अतिथीको आगमन हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।