अपांग बालिका बलात्कार गर्ने शिक्षक ‘कक्षाका छात्रालाई चलाउने, जे पायो त्यही बोल्ने’

Newslaya Home

अपांग बालिका बलात्कार गर्ने शिक्षक ‘कक्षाका छात्रालाई चलाउने, जे पायो त्यही बोल्ने’

आइतबार २८, भदौ २०७७

इटहरी । इटहरी १६ स्थित एक अपांग बालिकालाई बलात्कार गरी फरार भएका शिक्षक कृष्णप्रसाद ढकालको व्यवहार पहिलादेखि नै राम्रो नभएको उनका विद्यार्थीहरुले बताएका छन् ।

छिमेककी बोल्न नसक्ने र एउटा हात नचल्ने १८ वर्षिया बालिकाको बलात्कार गरेका ढकाल मुद्धा दर्ता भएलगत्तै फरार भएका छन् ।
उनकी पुर्व छात्रा अल्का पोख्रेलका अनुसार ढकालको व्यवहार पहिले देखि नै छात्राहरुप्रति नकारात्मक थियो । ‘विद्यार्थीलाई अनेक नाम दिएर बोलाउँथ्यो,’ उनले भनिन् ।

यस्तै अर्की छात्रा रेजिना काफ्लेका अनुसार ढकाल कक्षामा छात्राहरुको गाला चिमोट्ने, जे पायो त्यही बोल्ने गर्थे । ‘नियत नै राम्रो थिएन,’ उनले भनिन्, ‘ऊ गएपछि चाहिँ ढुक्क भयो ।’

झुम्का र इटहरीका स्कुलले नपत्याएपछि उनी इनरुवाका बोर्डिङ स्कुलमा पढाउने गरेको इनरुवाका एक शिक्षकले बताए । यस्तै व्यवहारका कारण केही समयअघि एउटा विद्यालयले पनि उनलाई निकालेको बताइएको छ ।