युएस ओपनको उपाधि ओसाकालाई

Newslaya Home

युएस ओपनको उपाधि ओसाकालाई

आइतबार २८, भदौ २०७७

काठमाडौं । नाओमी ओसाकाले सशक्त पुनगरागमनमा भिक्टोरिया अजरेन्कामाथि २–१ को नतिजा निकाल्दै युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । जापानकी ओसाकाको यो तेस्रो ग्राण्ड स्लाम उपाधि हो ।

चौथो वरियाताप्राप्त २२ वर्षीया ओसाकाले पहिलो सेट १–६ ले हारेकी थिइन् । पहिलो सेटमा कमजोर प्रदर्शन गरेकी ओसाकाले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरिन् । ओसाकाले बाँकी सेट ६–३, ६–३ को सेटमा जितेकी थिइन् ।

ओसाकाको यो दोस्रो युएस ओपन उपाधि हो । उनले यसअघि न्युयोर्कमा २०१८ मा उपाधि जितेकी थिइन् । जुन ओसाकाको पहिलो ग्राण्ड स्लाम उपाधि थियो । त्यसपछि ओसाकाले २०१९ मा अष्‍ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । यो उपाधिसँगै ओसाकाले फाइनल खेलेको सबै ग्राण्ड स्लामको उपाधि जितेकी छिन् ।

पूर्वनम्बर एक अजरेन्काले २०१३ पछि पहिलो पटक ग्राण्ड स्लामको फाइनल खेलेकी थिइन् । २०१३ मा उनले अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । २०१६ मा छोरालाई जन्म दिएपछि अजरेन्का पुरानो लयमा फर्किन संघर्ष गरिरहेकी थिइन् ।