युथ अफ खनारद्वारा विपन्न परिवारलाई खाद्यान्न सामग्री तथा मास्क वितरण

Newslaya Home

युथ अफ खनारद्वारा विपन्न परिवारलाई खाद्यान्न सामग्री तथा मास्क वितरण

शनिबार २७, भदौ २०७७

इटहरी । इटहरीस्थित खनारका युवाहरुले अति विपन्न परिवारलाई खाद्यान्न सामग्री तथा मास्क वितरण गरेका छन् । आज (शनिबार) विपन्न परिवारको घर–घरमा पुगेर उनीहरुले खाद्यान्न सामग्री तथा मास्क वितरण गरेका हुन् ।

केही दिन अघि ‘युथ अफ खनार’ नामक समिति गठन गरेका उनीहरुले आज पहिलो चरण अन्तर्गत इटहरी वडा नं. १०, ११, १२ र १३ का १४ जना विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका हुन् ।

लकडाउनको कारण रोजगारी गुमेका तथा काम गरेर खान समेत मुस्कील भएका बृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण गरिएको संस्थाका संयोजक पिन्टु शाहले जानकारी दिए । खाद्यान्न प्याकेज अन्तर्गत २५ केजी चामल, १ केजी नुन, २ केजी दाल, १ लिटर तेल, आधि केजी सोयबीन, २ वटा साबुन वितरण गरिएको उनले बताए ।

लकडाउनका कारण आफूहरु पनि काम बिहीन भएर बसिरहेको अवस्थामा अति विपन्न परिवारको पहिचान गरी उनीहरुको लागि केही गरौँ भन्ने उदेश्यले युथ अफ खनार नामक समिति गठन गरी खाद्यान्न वितरण कार्य थालिएको संस्थाका सह–संयोजक जेनिश दाहालले बताए । ‘हामीहरुले खनारकै समाजसेवि तथा व्यापारीहरुबाट सहयोग लिएर विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हौं,’ दाहालले भने ।

अगामी दिनमा पनि युथ अफ खनारले निरन्तर विभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्ने दाहालले बताए ।

No description available.

No description available.No description available.No description available.No description available.

No description available.

1 प्रतिकृयाहरू प्राप्त
  • Bhuwan bhandariलेख्नुहुन्छ
  • |
  • शनिबार २७, भदौ २०७७
good job sis