स्तरीय शिक्षासँगै जेहेन्दारलाई छात्रवृत्ती दिने पुर्वकै आदर्श : विश्व आदर्श

Newslaya Home

स्तरीय शिक्षासँगै जेहेन्दारलाई छात्रवृत्ती दिने पुर्वकै आदर्श : विश्व आदर्श

शुक्रबार २६, भदौ २०७७

२०५५ सालमा ३३ जना विद्यार्थी र १२ जना शिक्षकहरुबाट सुरु भएको विश्व आदर्श क्याम्पसले अहिले विश्व आदर्श एकेडेमीको रुपमा स्नातकोत्तर तहसम्म गुणस्तरीय शिक्षा दिइरहेको छ । २१३ जना शिक्षक र २६५० जना विद्यार्थीसहितको यस एकेडेमी पूर्वमै स्तरीय शिक्षाको लागि परिचित छ ।
‘उत्कृष्ठ पठनपाठन, उत्कृष्ठ नतिजा, विश्व आदर्शको मौलिक विशेषता’ नाराका साथ एकेडेमीले शैक्षिक सत्र २०७७ को लागि कक्षा ११ मा भर्ना खोलेको छ ।
सुविधासम्पन्न पूर्वाधार, अनुभवी तथा दक्ष प्राध्यापकका साथमा लामो समयदेखि उत्कृष्ठ नतिजा निकालिरहेको क्याम्पसले विज्ञान, व्यवस्थापन, कम्प्युटर साइन्स र होटल मेनेजमेन्ट विषयमा भर्ना खोलेको हो ।
कोरोना महामारीको समयमा क्याम्पसले भर्ना भएका विद्यार्थीहरुलाई अवस्था हेरेर अनलाइनमार्फत् अध्यापन गर्ने योजना बनाएको छ ।
साथै गरीब, जेहेन्दार तथा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरुलाई विशेष छुटसमेत दिइरहेको छ ।

सधै उत्कृष्ठ नतिजा
विश्व आदर्श एकेडेमीले धेरै क्षेत्रमा दक्ष जनशक्ति उपलब्ध गराएको छ । चिकित्सा, इन्जिनियरीङ, बैंक, सरकारी सेवाको उच्च तहमा पुगेका छन् ।
निजामतीमा सहसचिव, राष्ट्र बैंकको निर्देशक तथा विभिन्न बैंकहरुका मेनेजर तहमा पुगेर काम गरिरहेका छन् ।
कलेजले विज्ञान विषयमा पूर्वाञ्चल प्रथम भएर रेकर्ड राखिसकेको छ । यस्तै कक्षा ११, १२ मा पुर्व क्षेत्रमै निरन्तर उत्कृष्ठ नतिजाका साथ विश्व आदर्शका विद्यार्थीहरु उत्तिर्ण भइरहेका छन् ।

अतिरिक्त क्रियाकलापमा अगाडी
एकेडेमीले अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको छ । हरेक खालको प्रतिभालाई फक्रनको लागि पर्याप्त वातावरण एकेडेमीले तयार गरेको छ ।
विश्व आदर्श एकेडेमीका विद्यार्थीहरु ओलम्पियाडमा नेपालबाट सहभागिता जनाउन पुगिसकेका छन् । जितेन थापाले नानो स्याटेलाइट नै तयार गरेका छन् । यहाँका विद्यार्थीहरुले ड्रोन, रोबोटदेखि वैज्ञानिक यन्त्र उपकरणहरुसमेत बनाएका छन् ।
यसै एकेडेमीमा अध्ययनरत बाल गायक प्रीतम आचार्य भारतीय रियालिटी शो सारेगमप लिटल चाम्प्समा तेस्रो हुन सफल भएका छन् । यस्तै छात्रा सेविका कोइरालाले राष्ट्रिय स्तरको नृत्य प्रतियोगिता जितेकी छिन् ।
खेलकुद, नृत्य, नाटक, योग, कराँतेका नियमित प्रशिक्षण सञ्चालन गर्दै आएको छ । यसबाहेक जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा भएका विभिन्न प्रतिष्पर्धा र प्रतियोगितामा एकेडेमीका विद्यार्थीहरुले आफ्नो उत्कृष्ठताको प्रमाण पेश गर्दै आएका छन् ।

आवश्यक सबै भौतिक सुविधाहरु
एकेडेमीमा मावि तथा विश्वविद्यालय तहमा छुट्टा छुट्टै भवन, ल्याब र लाइब्रेरीको सुविधा व्यवस्था गरिएको छ । आफ्नै चमेनागृहको व्यवस्था रहेको छ ।
विज्ञान विषयमा फिजिक्स, केमेस्ट्री, बोटनी र जुलोजीको छुट्टा छुट्टै प्रयोगशालाको व्यवस्था गरिएको छ । जहाँ विद्यार्थीहरुले मनग्ये प्रयोग गर्न र व्यवहारिक ज्ञान हाँसिल गर्न सक्छन् । अत्याधुनिक र सुविधासम्पन्न इ लाइब्रेरी तथा कम्प्युटर ल्याबको व्यवस्था छ ।
सुविधासम्पन्न तथा अत्याधुनिक होटल मेनेजमेन्ट ल्याबसमेत रहेको छ ।
बस, खेलमैदान तथा खेल सामाग्रीहरुको पर्याप्तताले विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासमा सहयोग गरेकोछ ।

शिक्षाको विकासमा प्रतिबद्ध
समय समयमा नियमित आन्तरिक परिक्षा लिने गरिएको छ । जसले विद्यार्थीहरुलाई फाइनल परिक्षाको तयारीका लागि सहयोग गर्छ ।
कक्षा कोठा र किताबी ज्ञान मात्र होइन, विद्यार्थीको समग्र शैक्षिक गन्तव्य निर्धारण गर्न यस एकेडेमी सहयोगि बनेको छ । कक्षा ११ देखि नै नियमित रुपमा इन्जिनियरिङ र मेडिकलका तयारी कक्षा सञ्चालन भइरहेको छ ।
यस्तै विद्यार्थीहरुलाई विभिन्न संघसंस्था तथा कार्यालय, बैंकहरुमा इन्टर्नको लागि समेत एकेडेमीले सहजिकरण गर्ने गरेको छ । सोसम्बन्धि आवश्यक सीप जुनसुकै समयमा एकेडेमीले विद्यार्थीहरुलाई उपलब्ध गराइरहेको छ ।

सामाजिक उत्तरदायित्व
निजी लगानीमा सञ्चालित भएपनि यस एकेडेमी सामाजिक उत्तरदायित्व निभाउन प्रतिबद्ध छ । गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तीको व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयबाट उत्तीर्ण हुने विद्यार्थीलाई विशेष छात्रवृत्तीको व्यवस्था छ ।
यस्तै इटहरीस्थित निःसहाय बाल आश्रमका बालबालिकाहरुलाई स्नातकोत्तरसम्म निःशुल्क अध्ययनको व्यवस्था पनि एकेडेमीले मिलाएको छ ।
अहिले पनि एक सय जनाले निःशुल्क अध्ययन गरिरहेका छन् ।
यस्तै एकेडेमीले रक्तदान, जेब्राक्रस पेन्टिङ, ट्राफिक सचेतनाका कामहरुसमेत गर्ने गरेको छ । यस्तै समाजमा योगदान दिएका विभिन्न सामाजिक व्यक्तित्वहरुको सम्मान गर्नुका साथै विपत्तीको समयमा स्थानीय सरकारलाई सहयोगसमेत गरिरहेको छ ।

प्लस टुमा भर्ना हुनको लागि यहाँ क्लिक गरी अनलाइन फर्म भर्नुहोस्

Advt.