आयो नुनको महत्व र प्रयोग

Newslaya Home

आयो नुनको महत्व र प्रयोग

बिहीबार २५, भदौ २०७७

रसायन शास्त्रमा नुन भन्नाले अम्ल र क्षार (Acid and Base) बिचको प्रतिक्रिया बाट बन्ने एउटारसायन हो तर सामान्य बुझाइमा हामीले नुनभन्नाले हामीले खाने गरेको टेबल साल्ट वा सफा नुनलाई बुझ्दछौँ जसको केमिकल बनावट सोडियम क्लोराइडको हुन्छ । सोडियम र क्लोरिन दुई तत्वका एक एक अणुमिलेर नुन बनेको हो । टेबल साल्ट (नुन) को सबै भन्दा ठुलो स्रोत समुन्द्री पानी हो । जस्लाई वाष्पित र प्रशोधित गरि नुनको क्रिष्टल तयार पारिन्छ । यसको साथै खानिबाट पनि नुन निकालेको पाइन्छ जस्लाई रक साल्ट भनिन्छ ।

नुन किन खाने त ?

नुन उचित मात्रामा सेवन गरेमा शरिरलाई निकै नै फाईदा हुन्छ । शरिरमा पानीको मात्रा नियन्त्रित राख्नको लागि हामीलाइ सोडियमको जरुरत हुन्छ र नुन सोडियमको प्रमुख स्रोत हो । दिमाग देखी शरीरका अन्य अंगसम्म सुचना आदन प्रदान गर्न र सोडियम पोटासियम पम्प गर्नका लागि सोडियमको महत्वपुर्ण भुमिका हुन्छ। साथै मांसपेशीलाई सक्रिय बनाइराख्नका लागि पनि सोडियम चाहिन्छ । शरीरमा नुनको मात्रा कमी हुनु र बढी हुनु दुवै घातक हुन्छ ।
नुनको मात्रा कमी हुँदा स्वास्थ्यमा विभिन्न समस्याहरु जस्तै चक्कर लाग्ने ्र मांसपेशि बटारिने ्ररक्तचाप घट्ने आदि समस्या देखिन्छ भने बढि हुँदा घातक रोगजस्तै उच्च रक्तचापको खतरा हुन्छ ।

आयोडिन सुदृढीकरण (Iodine Fortification)

आयोडिन खनिज (Mineral) तत्व हो । शरिरमा आयोडिन भएमा मात्र थाइरोइड ग्रन्थिले थाइरोक्सिन हर्मोन उत्पादन गर्ने काम गर्दछ र थाइरोइड ग्रन्थिले ठिक तरिकाले हर्मोन उत्पादन गर्न नसकेमा शरिरले राम्रोसँग काम गर्न सक्दैन त्यसकारण थाइरोइड ग्रन्थिलाइ सही किसिमले काम गर्न, खानालाई शक्तिमा रुपान्तरण गर्न र शारीरिक तथा मानसिक विकासका लागि आयोडिन अत्यन्त आवश्यक पर्ने पौष्टिक खनिज पदार्थ हो । दिनहुँ आयोडिनको सेवन गरेमा आयोडिनको कमिबाट हुने स्वास्थ्य समस्या आउदैन भने गर्भवती ,भर्खर जन्मेका शिशु साथै बढ्दो उमेरका बालबालिकाको शारीरिक तथा मानसिक वृद्धि–विकास मात्र नभई स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक पर्ने सुक्ष्म पोषक तत्व हो ।

आयोडिनको कमि भयो भने गलगाड आउने, हाइपोथाइरोडिजम आदि रोगहरु लाग्न सक्छन । आयोडिन नुनमा मिसाउँदा रङ, स्वाद, गन्ध, तौलमा पनि फरक नपर्ने; नुनमा कम खर्चमा सजिलै आयोडिन मिसाउन सकिनेर नुन दैनिक रुपमा खाँदा आयोडिन शरीरले निरन्तर पाइरहने; भएकोले विश्वका विभिन्न विकसित तथा विकासोन्मुख देशहरुले आयोडिनलाई नुनमा मिसाउनै (Iodine Fortification)  पर्ने नियम बनाएका छन । कति मात्रमा हाल्ने भन्ने मापदण्ड सबैको आफ्नै छ ।

अमेरिकाको लागी USFDA ले ४०–७७ पिपिएम तोकेको छ भने बेलायतमा १०–२२ पिपिएम तोकिएकोछ । (पिपिएम भन्नाले पार्ट्स पर मिलिअन हो जुन १ लिटरमा १ मिलीग्राम हुन्छ) नेपालमा पनि आयोडिनको कमिबाट जनस्वास्थ्यमा पर्न जाने व्यापक र गम्भिर असरलाई कम खर्चिलो र सरल तरिकाले निवारण र निर्मुल गर्न आयोडिनयुक्त नुनको समुचित मात्रामा उत्पादन, आपुर्ति, बिक्री वितरण तथा नुनमा आयोडिन मिश्रण गर्ने व्यवस्था गर्न आयोडिनयुक्त नुन (उत्पादन तथा बिक्रि वितरण ) ऐन, २०५५ ल्याइएको छ। नेपालमा आयोडिन नुनमा भर्ने बेलामा ५० पिपिएम राखिएको हुन्छ जुन ओसार पोसार, भण्डारण गर्दा उडेर र पकाउँदा नष्ट भएर खेरजाने भएकोले थालमा पुग्ने बेला सम्म कम्तिमा ३० पिपिएम होस भन्ने हिसाब गरिएको हुन्छ । खुल्ला भाडाँमा राख्दा तथा खाना धेरै बेर सम्म पकाउदाँ आयोडिन उडेर जाने भएकाले नुनलाई सधै हावा नछिर्ने भाँडामा राख्नु पर्छ र खाना पकाउदाँ अन्तिममा हाल्नु पर्छ ।

कुनै देशहरुमा आयोडिनको साथै नुनमा आइरन पनि थपिएको पाइन्छ जसलाइ डबल फोर्टिफाइड (Double fortified) नुन भनिन्छ । आइरनको कमिले गर्दा लाग्ने रोग एनिमियाले गर्दा विश्वमा
४०५ बच्चाहरुको मानसिक बिकासमा कमि आउने गरेको तथ्यांक छ । यस्तै नुनमा थप्ने अर्को तत्व भनेको भिटामिन बि–९ ९फोलिक एसिड० हो । यो भ्रुण बिकासका लागि चाहिने अत्यन्त महत्वपूर्ण भिटामिन भएकाले सुत्केरी महिलाले लिनै पर्ने पुरक तत्व हो। यसलाई नुनमा मिसाउदाँ पहेलो रङको देखिन्छ। फोलिक एसिडले कम उमेरमा आमा हुने महिलाहरुलाइ न्युरल ट्युबमा हुने त्रुटि र एनिमियाबाट बचाउछ ।

नुन र आयोडिनको रिकमन्डेड डायटेरी एलाउन्स (RDA)

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार प्रतिदिन ५ ग्राम नुन शरिरको निम्ति आवश्यक हुन्छ । जुन एक चिया चम्चा बराबर हुन्छ । यसरी ३० पिपिएम आयोडिन रहेको नुन एक दिनमा वयस्क मानिसले ५ ग्राम सेवन गर्दा ०.१५ मिलिग्राम (सियोको टुप्पा जति) आयोडिन पाउँछ जुन वयस्क मानिसलाइ एकदिनमा चाहिने आयोडिनको मात्रा हो ।

केहि तथ्यहरु,
–विश्व स्वास्थ्य संगठनको एक अध्ययन अनुसार विश्वमा तोकिएको खानुपर्ने मापदण्ड भन्दा दोब्बर (प्रतिदिन औसत ९ देखि १२ ग्राम) खाएको पाइएको छ ।

–विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरुले २०२५ सम्म नुनको खपत ३०५ ले घटाउने लक्ष्य राखेका छन ।

– नुनको खपत घटाएर सहि तरिकालेखाने हो भने विश्वमा प्रति बर्ष २५ लाख मृत्यु रोक्न सकिने अनुमान गरिएको छ ।

लेखकः सुमन लामिछाने र अनुप पौडेल
( खाद्य प्रबिधीका स्नातकोत्तर र स्नातकका विद्यार्थी)