जापानमा १८ मिनेटमै कोरोना परीक्षण गर्ने प्रविधिको विकास

Newslaya Home

जापानमा १८ मिनेटमै कोरोना परीक्षण गर्ने प्रविधिको विकास

बुधबार २४, भदौ २०७७

काठमाडौं । जापानी एक कम्पनीले १८ मिनेटमै कोरोना भाइरसको संक्रमण पत्ता लगाउने प्रविधि विकास गरेको छ । ओसाकामा रहेको शिबुया कर्पोरेशनले सो प्रविधिको विकास गरेको हो ।

सो प्रविधिले कोरोना भाइरस मात्रै नभएर इन्फ्लुएन्जा ए र बी समेत पत्ता लगाउने पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रणाली तयार पारेको हो ।

यस प्रणालीको प्रयोग गरी कोरोना भाइरसको संक्रमण छ छैन भनेर व्यक्तिको थुक प्रयोग गरी पीसीआर मार्फत परीक्षण गर्न सकिन्छ । एउटै यन्त्रबाट ३ थरी भाइरस परीक्षण गर्न मिल्ने यो पहिलो प्रणाली भएको दाबी कम्पनीले गरेको छ ।