अनौठो टापु, जहाँ महिला मात्र जान पाउँछन्

Newslaya Home

अनौठो टापु, जहाँ महिला मात्र जान पाउँछन्

बुधबार २४, भदौ २०७७

काठमाडौं । महिलाहरु मात्र पिकनिक, भ्रमण गएको माहिलाई थाहाँ नै छ । त्यस्तै गल्र्सहरु मात्र रहने स्कुल र होस्टोल पनि हुन्छन् । तर के तपाईलाई महिला मात्र जान पाउने स्थानको बारेमा थाहा छ ।

यस्तो टापु पनि छ, जहाँ पुरुषहरु जान पाउदैनन् । मात्र महिलाहरु मात्र जाने गर्छन् । यस्तो टापु फिनल्याण्डको बाल्टिक समुद्र नजिक रहेको छ ।

उक्त टापु महिलाको लागि मात्र खुल्ला गर्नुमा अमेरिकी व्यवसायी महिला क्रिस्टिना राथको ठुलो हात छ । राथ लामो समयदेखि महिलाहरुको लागि मात्र उपयुक्त हुने टापुको खोजीमा थिइन् ।

उनले चाहान्थिन् की महिलाहरु स्वतन्त्रता रुपमा रमाउन सकुन् । समुन्द्र नजिक रहेको सुपर सी नामको टापु गर्मीमा मात्र खुल्ने गर्छ । ८.४ एक्कड क्षेत्रफलमा रहेको यस टापुमा भव्य रिसोर्ट पनि छ ।