ह्वीलचेयरमा बसेरै गाउँ स्यानेटाइजदेखि फुडबैंकसम्म (भिडियो)

Newslaya Home

ह्वीलचेयरमा बसेरै गाउँ स्यानेटाइजदेखि फुडबैंकसम्म (भिडियो)

सोमबार २२, भदौ २०७७

इटहरी । इटहरी ४ रेडक्रस चोकका रामु कार्की ह्वीलचेयरमा बसेर हिडडुल गर्छन् । कम्मरभन्दा तलको भाग चल्दैन । तर पनि उनी सामाजिक काममा सक्रिय छन् ।

‘गाउँमा एक जना कोरोना पोजेटिभ भेटिएपछि स्यानेटाइज गर्यौं, त्यसपछि लामखुट्टेको औषधी पनि छर्कियौं,’ संकलित २६ हजार ८ सय रुपैयामा केही रकम थपेर यो कार्य गरेको बताउँदै उनले भने, ‘अब गाउँका विपन्न परिवारलाई राहत दिलाउनको लागि फुडबैंक चलाउँदैछौं ।’

दुर्घटनामा परेर २८ वर्षको उमेरमा मेरुदण्ड भाँच्चिएपछि अहिले उनी अपांगताको जीवन बिताइरहेका छन् । तर सामाजिक काममा पहिले देखि नै सक्रिय हुँदै आएका उनी आजका दिनसम्म पनि विभिन्न अभियानहरुमा सक्रिय छन् ।

‘कोरोनाले आक्रान्त बनाइरहँदा हामीले गाउँबाट स्वेच्छिक सहयोग जुटाएर स्यानेटाइज गरेका हौं,’ उनको प्रस्तावमा सबै स्थानीयवासी र युवाहरुले साथ दिए । भने, ‘सामुहिक प्रयासबाट हाम्रो गाउँ मात्र भएपनि बनाऔं भनेर प्रयास गरेका हौं ।’

भिडियो :