जनता बहुमुखी क्याम्पसका अध्यक्ष भण्डारीसहित दुई प्राध्यापकलाई क्याम्पस प्रवेशमा रोक

Newslaya Home

जनता बहुमुखी क्याम्पसका अध्यक्ष भण्डारीसहित दुई प्राध्यापकलाई क्याम्पस प्रवेशमा रोक

शुक्रबार १९, भदौ २०७७

इटहरी । विद्यार्थी संघले इटहरीस्थित जनता बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष रेवती रवण भण्डारीसहित दुई जना प्राध्यापकलाई क्याम्पस प्रवेशमा रोक लगाएको छ ।

आज सम्पूर्ण विद्यार्थी संघले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै यस्तो निर्णय गरेको हो । केही दिन अघि दुई प्रध्यापकबीच भएको अमर्यादित वार्तालापको विषयमा बारम्बार संचालक समितिलाई ध्यानाकर्षण गराउँदा पनि वेवस्था गरेको भन्दै उनीहरुलाई क्याम्पस प्रवेशमा रोक लागाइएको हो ।

संघले क्याम्पसका दुई प्राध्यापकको अमर्यादित फोन वार्तालाप पश्चात क्याम्पसको गरिमामा आँच आएको भन्दै उनीहरु उपर कारवाहीको माग राख्दै आएको थियो । तर पटक–पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्था गरेकाले दोषी उपर ठोस कारवाहीको निर्णय नभएसम्मका लागि क्याम्पस प्रवेशमा निषेध गरिएको अनेरास्ववियूका अध्यक्ष किरण विष्टले जानकारी दिए ।

विगत मा गल्तिलाई ढाकछोप गरिएता पनि अब कुनैपनि हालतमा दोषी र दोषीलाई बचाउन खोज्ने दुवै पक्षलाई कडाभन्दा कडा कारबाही गर्न साथै क्याम्पस र विद्यार्थी हितको लागि जुनसुकै हद सम्म जान तयार रहेको नयाँ शक्ति विद्यार्थी युनियन जबक्याका संयोजक प्रविन दाहालले बताए ।

No description available.

प्राध्यापकको अडियो प्रकरणः क्याम्पसले कारवाही नगरे आफैले कारवाही गर्ने विद्यार्थीको चेतावनी