६ प्रतिशत इन्टरनेट खपत टिकटकमा मात्र, सेवाप्रदायकलाई व्यवस्थापनमा सकस

Newslaya Home

६ प्रतिशत इन्टरनेट खपत टिकटकमा मात्र, सेवाप्रदायकलाई व्यवस्थापनमा सकस

शुक्रबार १९, भदौ २०७७

काठमाडौं । इन्टरनेट ट्राफिकमा टिकटिकको लोड बढेको भन्दै नेपालका इन्टरनेट सेवाप्रदायकलाई व्यवस्थापनमा सकस भइरहेको छ । पछिल्लो समय टिकटिकको प्रयोग बढ्दै जाँदा त्यसले इन्टरनेटको ट्राफिकमा असर गर्दा समग्र प्रयोगकर्तालाई प्रभाव परेको छ ।

पछिल्लो समय टिकटकको ब्यान्डवीथ खपत दोब्बरभन्दा बढीले बढेको छ । नेपाली सेवाप्रदयाकहरुका अनुसार अन्तर्राष्ट्रिय ब्यान्डवीथ खपत गर्नेमा टिकटिकको हिस्सा बढ्दै गएको छ ।

यो समस्या समाधानका लागि भन्दै सेवाप्रदायकहरुले टिकटकसँगको पहलमा काम गरिरहेका छन् । उनीहरुले स्थानीय क्यास नोड बनाएर व्यवस्थापन गरिरहेका छन् ।

टिकटकको औषत खपत कूल प्रयोगमा ६ प्रतिशत ब्यान्डविथ खपत रहेको आइएसपीहरुले बताएका छन् ।