बराहक्षेत्र नगरपालिका सञ्चार क्षेत्रमा अगाडी

Newslaya Home

बराहक्षेत्र नगरपालिका सञ्चार क्षेत्रमा अगाडी

-बाबुराम कार्की
बुधबार १७, भदौ २०७७

बराहक्षेत्र । विकासको क्रममा अघि बढ्दै गएको बराहक्षेत्र नगरपालिका पछिल्लो समय सुनसरीकै ग्रमिण क्षेत्रमा रहेका स्थानीय निकायहरु भन्दा सञ्चार क्षेत्रमा अगाडी बढ्दै गएको छ ।

सुनसरी जिल्लाकै कान्छो नगरपालिकाको रुपमा रहेको बराहक्षेत्र साविकका बराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गाउँ विकाश समिति मिलेर बनेको नगरपालिका हो ।

नगरमा संञ्चारको क्षेत्रमा छोटो समयमै विकाश भएको सुनसरी सामुदायिक एफ एमका सञ्चालक पुष्प ढुङ्गानाले बताए । उनले भने “सञ्चारको विकाश हुनु नै नगरको विकाश हुनु हो ।
ग्रामिण पत्रकार समुहका अध्यक्ष हिरण्य कार्की भन्छन्, 'नगरमा पत्रपत्रिका देखी अनलाइन, टेलिभिजन , दुई वटा साप्ताहिक, एक एफ एम , एक अनलनइन मिडिया रहेको छ । नगरक्षेत्र बाटै एक दैनिक पत्रिका संञ्चाल गर्ने तयारी रहेको छ ।'”

काष्ठमण्डप टेलिभिजनको क्षेत्रीय कार्यलय बराहक्षेत्र नगरपालिका–६ मा स्थापना भएको छ । बराहक्षेत्र नगरपालिका नगर प्रमूख निलम खनालले काष्ठमण्डप टेलिभिजन कार्यालय उद्घाटन गरेका थिए ।
टेलिभिजनले प्रदेश १ लाई समेटेर समचार साथै कृषि, पर्यटन, खेलकुद र शिक्षा लाई प्रथमिकतामा राखेर कार्यक्रम उत्पादन गर्न लागीरहेको व्युरो प्रमूख निश्चल बस्नेतले वताए ।

सदाबहार मिडिया प्रालिले बराहक्षेत्र बाटै बराह अनलाइन, बराह दैनिक, साप्ताहिक र मासिक प्रकाशन हुने म्यागजिन संञ्चालन गर्ने अन्तिम तयारीमा रहेको प्रालिका संञ्चालक तथा सम्पादक विजय राउतले जानकरी दिए ।

उनले भने, “अहिले बराह दैनिक पत्रिकाकै संस्करणको रुपमा बराह अनलाइन चलाइरहेका छौ । प्रेस मेसीन ल्याउने अन्तिम तयारी भएपनि लकडाउनले गर्दा ढिलो भएको छ । बराहक्षेत्र लाई चिनाउन र ग्रामिण पत्रकारीता लाई विकाश गर्न सदाबार मिडिया प्रालिले भुमिका खेल्नेछ ।”

कोशी सम्मान साप्तहिक र समृद्धि बराहक्षेत्र साप्ताहि नगर क्षेत्र बाटै प्रकाशित हुँदै आएका छ्न् ।

बराहक्षेत्र नगरपालिकामा हिन्दु धर्मावलम्वीहरुको चार धाम मध्ये एक धाम बराहक्षेत्र मन्दिर रहेको छ । नगरक्षेत्रमै कोशी टप्पु वन्यजन्तु आरक्षको केही भाग रहेको छ । सप्तकोशी नदी, रामधुनी मन्दिर बराहक्षेत्र र रामधुनी नगरपालिकाको सिमा क्षेत्रमा रहेको छ । नगरकै चतरामा रहेको कुम्भ क्षेत्रले बराहक्षेत्रलाई चिनाउदै आएको छ ।