भोजपुरको हतुवागढीका तीन जनामा कोरोना देखियो

Newslaya Home

भोजपुरको हतुवागढीका तीन जनामा कोरोना देखियो

बुधबार १७, भदौ २०७७

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार (आज) गरिएको पीसीआर परीक्षणमा स्थायी ठेगाना भोजपुरको हतुवागढी गाउँपालिका घर भएका ४०/४० वर्षका दुई जना र ३० वर्षका पुरुषमा कोराना पोजेटिभ देखिएको हो ।

भारतबाट आएर अरुण गाउँपालिका–६ जरायोटारको होल्डिङ एरियामा बसेका उनीहरुको पीसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

उनीहरुलाई भोजपुरको देउरालीमा रहेको आइसोलेसन सेन्टरमा राखिएको जनाइएको छ । हतुवागढी–५ होम्ताङ घर भएका संक्रमित तीनै जना भारतिय सेना रहेको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।

भोजपुरमा हाल सम्मका १२ जनामा कोरोना पुष्टि भएकोमा ६ जना निको भएर घर फर्कीसकेका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए ।

2 प्रतिकृयाहरू प्राप्त
  • Kiwang Hang Raiलेख्नुहुन्छ
  • |
  • बिहीबार १८, भदौ २०७७
राम्रो काम गा उ पालिका प्रमुख प्रेम कुमार राई जिऊ को ; स्पस्ट सुचना सम्प्रेसन ग्रिदिनु भएको मा ; धन्न्यबाद
  • Kiwang Hang Raiलेख्नुहुन्छ
  • |
  • बिहीबार १८, भदौ २०७७
समाचारकाे शीर्षकले भ्रम र यथार्थ;.......( साभार <> प्रेमकुमार राई, प्रमुख : हतुवा गाउपालिका ) खासमा स्थायी घर हतुवागढी गाउँपालिका हाे तर हाल भारतीय सेनामा कार्यरत पल्टनबाट विदामा घर अाउँदै गर्दा जिल्ला र पालिका सिल भएकोले लेगुवा जरायाेटार हाेल्डिङ सेन्टरमा सुरक्षित रुपमा ल्याउने क्रममा पिसिअार चेकमा पाेजिटिभ देखिएको हाे। उहाँहरुमा कुनै समस्या नदेखिएको र केही दिन सदरमुकाम स्थित देउरालीमा अाइसाेलेसनमा राखेर घर ल्याइने छ,स्वास्थमा कुनै समस्या नअाअाेस भन्ने कामना गर्दछु। परिवारजन र गाउँले दाजुभाइमा धैर्य गर्न समेत अनुरोध गर्दछु। गाउँपालिकाबासीहरुमा अनावश्यक भ्रम र हाउगुजीमा नपरी विगत झैं सबैखाले सहयोग जारी रहने अाशा र विश्वास गरेको छु।