लघुकथा : मलामी

Newslaya Home

लघुकथा : मलामी

-गोपाल ढकाल, मनोविद
आइतबार १४, भदौ २०७७

समाजसेवी भनेर चिनिएका राम बहादुर शाही कोरोनाको प्रकोप पछि भने निस्क्रिय जस्ता नै देखिए ।

मलाई जिज्ञासा भो सोधे–तपाईं जस्तो सुकै प्रतिकुल अवस्थामा पनि सधैं अरुलाई सहयोग गर्न अघि सर्ने मान्छे ! , मेरो प्रश्न पूरा नहुँदै बिचैमा उनले जवाफ फर्काए “समाजसेवा गर्न अब त जागर नै लाग्न छाड्यो”

अहिलेको अवस्थामा त तपाईं जस्तो व्यक्तिको झन ठूलो खाँचो छ नि ! किन मन मर्यो यहाँको ? मलाई जिज्ञासा पलायो !

चर्चित भईयो भने मरेपछि पनि धेरै मलामी पाईन्छ भनेर समाजसेवामा लागियो !
अहिले कोरोनाले गर्दा मान्छे मरेपछि आफन्तले मुख त हेर्न नपाउने अवस्था आयो, मलामीको त के कुरा गर्नु ! त्यसै भएर समाजसेवामा पनि मन मरेर गयो !