संक्रमितको छिमेकीहरूलाई भनेको छु, ‘तपाईहरु तागत बनिदिनुस्’

Newslaya Home

संक्रमितको छिमेकीहरूलाई भनेको छु, ‘तपाईहरु तागत बनिदिनुस्’

- लक्ष्मी गौतम
बिहीबार ११, भदौ २०७७

गुर्जोलाई धेरै प्रकारका रोगहरुका लागि लाभदायक बनस्पतीको रुपमा लिइन्छ । जुनसुकै रोगबाट थला परेको व्यक्तिलाई पनि इम्युनिटि पावर बढाउछ भन्ने विस्वास रहेको छ । इटहरीमा हिजोसम्म ३३ जना कोरोना पोजेटिभलाई गुर्जो बितरन गरियो । थप अरु पनि धेरै साथीभाइ लिन आउनु भो करिब १०० जना जति ले खाँदै हुनुहुन्छ । मैले कोरोना ठिक हुन्छ भनेर बितरण गरेकी होइन । रोगसङ लड्न इम्युनिटी पावर बढाउछ ।

म आयुर्वेद जान्दिन तर गुर्जोसँग बच्चा बेलैदेखि परिचित छु । मलाई मेरो जिम्मेवारी र पदिय दायित्व राम्रो संग थाहा छ ।

के ठिक के बेठिक छुट्याउन सक्छु । कोरोना पोजेटिभ भन्ने बित्तिकै दुव्र्यवहार गर्ने समाजमा हामी जनप्रतिनिधिहरुले सकारात्मक सन्देश दिनु जरुरी छ भन्ने लागेर म जोखिम मोलेर समुदायमा गएर कोरोना पोजेटिभलाई भेटेर फर्किएकी मात्र छैन मैले वरिपरिका छिमेकीहरु संग बाटोमा उभिएर छलफल गरेकी छु ।

कोरोना पोजेटिभ हुनु अपराध होइन शरीरमा भाइरस प्रवेश गर्नु हो । तपाईं छर छिमेकीहरुले देखाउने सद्भाव माया ममताले भाइरस संग लड्ने शक्ति प्राप्त हुन्छ । हजुरहरु एक प्रकारको तागत हो । त्यो तागत बनिदिनुस् अनुरोध गर्छु भनेर हात जोडेकी छु । माया र प्रेम नै जीवन जिउने हौसला हो माया प्रेम बाढिदिनुस् पैसा लाग्दैन भनेकी छु । भोलि तपाईं संक्रमित हुनुभयो भने पनि मैले भन्ने यहि हो गर्ने यहि हो भनेर सम्झाएकी छु । म पुगेर फर्किएका ठाउँमा व्यवहारमा सुधार भएको कुरा पिडितहरुले बताउनु भएको छ । वहाँहरु खुसी हुनुभएको छ । इटहरीका नागरिकको मुहारमा खुसी देख्नु नै हामी जनप्रतिनिधिहरुको सपना हो । सन्तुष्टि हो ।

ठुला–ठुला आदर्शका कुरा गर्ने सामाजिक सन्जालमा सबैलाई अर्ति गर्ने तर आफ्नो छिमेकमा आफ्नै नाता पर्ने कोरोना पोजेटिभ भएपछी त्यता फर्केर पनि नहेर्ने, एक कल फोन नगर्ने बुझ्रुकहरु पनि भेटे । नाम उल्लेख गर्न उहाँको पदिय मर्यादाले दिदैन यो पढेर आफै बुझ्नुहुन्छ वहाँले आजैबाट वहाँको व्यवहारमा सुधार आओस् कामना गर्छु ।

मैले गुर्जोको भारी बोकेकोमा सकारात्मक सुझाब धेरैले दिनु भएको छ मेरो लागि उर्जा हो । विशेष धन्यवाद दिन चाहन्छु । जसले गलत टिप्पणी गर्नुभएको छ वहाँहरुलाई पनि धन्यवाद केही छैन यति नभए काम गर्न मजै आउदैन तपाईंहरुको आलोचना मेरो लागि औषधि हो ।

रह्यो भारी बोक्न पदिय मर्यादा ले दिदैन भन्ने । म जनता की छोरी हुँ, सामान्य किसान परिवार कि बुहारी हुँ, मेरो पारिवारिक संस्कार मसंग छ । मेरो जीवनका २० वर्ष घाँस दाउराका भारीसंगै बिताएकी छु । र उपप्रमुख कार्यकाल सकिएपछि फेरि घाँस दाउरा गर्न तयार छु । मैले मेरो परिवारको भारी बोक्न मिल्छ बोके । यो समय आज इटहरीका आम जनता मेरो परिवार हो आवस्यकता परेको बेला कथाले मागेको बेला मेरा लागि भारी बोक्न पाउनु ठूलो अबसर हो । ्

तपाईं केहीलाई गुर्जो केही होइन होला । तर पिडितहरु उपमेयर ज्यु मेरोमा कहिले आउनुहुन्छ ? भनेर फोन गर्नुहुन्छ गुर्जो पनि छैन ल्याइदिनुस् है भन्नुहुन्छ । म लिएर जान्छु । यो समाज अर्ति गर्न जान्ने काम गर्न नसक्ने हुन्जेल कुनै सुधार र परिवर्तन हुँदैन । यो महामारीको बेला हो नगरपालिका बन्द गर्नुपर्ने अवस्थामा छौ बन्द छ ।

यो बेलामा हामी जनप्रतिनिधिहरु पनि प्राय घरमै रहन्छौ यहि समयलाई मैले जनताको आजको अहिलेको आवस्यकता र माग जे छ त्यही गर्ने सोच बनाएर गरेकी हुँ । मैले गरेको काम कतिले मन पराउनु भो कतिले मन पराउनु भएन म हेर्छु र त्यो बिषयलाई प्रतिशतमा तुलना गर्छु । देबि देवतालाई त आफ्नो अनुकुल नहुँदा हामी गाली गर्छौ म मान्छे हुँ म संग पनि कमजोरीहरु हुन्सक्छन् तर जानेर गल्ती गर्दिन अन्जानमा गल्ती भएमा माफी माग्छु र फेरि गल्ती दोहोर्याउदिन ।

गुर्जो कसैले अमृत मानेर पिउदै हुनुहुन्छ त कतिले राजनितिक आँखाले हेरेको र प्रतिक्रिया दिएको पाए यसैमा राजनिती गर्ने चेस्टा पनि भयो । जुले राजनितिक हिसाब ले सोच्नुभो त्यो तपाईं को सोचमा खोट हुन सक्छ सच्चिनुस । ‘अस्पताल बनाउन छोडेर गुर्जो खोज्न’ भनियो अस्पताल बन्ने प्रकियामा छ बन्छ । तर रातारात होइन समय लाग्छ । कतिको माग छ पिसिआर टेस्ट गर्ने मेसिन किन्नुस् भन्ने यो कुरा जायज छ । तर पनि पिसिआर टेस्ट औषधि होइन । आवस्यकता अनुसार गर्ने हो गर्नुपर्छ । हामी इटहरी उपमहानगरपालिका र अन्य पालिकाहरुको पिसिआर टेस्टको अवस्था कति रहेछ खोजी गर्नुस् यो प्रदेशमा सबै भन्दा धेरै पिसिआर टेस्ट गर्ने पालिकामा इटहरी हो दाबी का साथ भन्छु ।

यो समय राजनितीक गर्ने समय होइन पक्ष र प्रतिपक्षको आखाँले हेर्ने समय पनि होइन । महा संकटको बेला जो जहाँ छ जे सक्छ त्यही गरेर यो संकटबाट आम नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्छ भन्ने लाग्छ ।

हामी मानिस त हौ तर हामी भित्र दानव प्रबृत्ति पनि छ भन्ने केही घटनाले देखायो आफ्नो निजि जीवन, स्वास्थ, परिवार, केही नभनी अहोरात्र कर्तव्य ठानेर बिरामीको सेवामा काम गरिरहेका स्वास्थकर्मीहरु प्रति गाउँ समाजले गरेका व्यवहार, सुनियो ।

इटहरी–५ मा केही दिन अगाडि पिसिआर नेगेटिभ आइसकेका व्यक्तिलाई घरमा बस्न नदिएको घटनाले हामी लज्जित भएका छौ । पुनः त्यस्तो घटना नहोस् भन्नका लागि हामीले समुदायलाई सचेत गराउनु पर्छ । म यो कार्यमा लागिरहन्छु । सक्नु हुन्छ तपाईं पनि सहयोग गर्नुस् लाग्नुस् आफ्नो कर्तव्य निर्बाह गर्नुस् सक्नुहुन्न घर मै बस्नुस् सुरक्षित रहनुस् सुभकामना छ । अहिले यो कोरोना महामारीमा पहिलो पंक्तिमा स्वास्थकर्मी हुनुहुन्छ । वहाँहरु हाम्रो लागि भगवान सरह हो काम गर्ने उत्साह थपौ ।

दोस्रो पंक्तिमा सुरक्षाकर्मी र तेस्रो पंक्तिमा जनप्रतिनिधिहरु छौ । हामीलाई हौसला दिनुस् काम गर्छौ । गलत टिप्पणी नगर्नुस् हाम्रो उत्साहमा कमि आउँछ । तपाईं सबैको बिबेक पुर्ण व्यवहार र सकारात्मक सोच नै हाम्रो काम गर्ने हतियार हो साथ दिनुस् यो युद्दमा सबै मिलेर कोरोनालाई जितौ ।