नेपालमा भेटियो, भगवान विष्णुको अवतार 'स्वर्ण कछुवा'

Newslaya Home

नेपालमा भेटियो, भगवान विष्णुको अवतार 'स्वर्ण कछुवा'

शुक्रबार ०५, भदौ २०७७

काठमाडौं । विश्वमै पाँचौ पटक स्वर्ण कछुवा नेपालमा फेला परेको छ । भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने यो कछुवा धनुषाधाम नगरपालिकामा फेला परेको हो ।

जनवार विज्ञ कमल देवकोटोकाले यो प्रजातीको कछुवा नेपालमा पहिलो पटक र विश्वमै पाँचौ पटकमात्रै फेला परेको बताएका छन् ।

स्वर्ण कछुवाको धार्मिक महत्वको रहेको उनले बताए । भगवान विष्णुले पृथ्वीलाई ध्वस्त हुनबाट जोगाउनका लागि स्वर्ण कछुवाको रुप धारण गरेको पौराणिक कथन छ ।