कबिता

Newslaya Home

कबिता

- रबिन सापकोटा
बुधबार ०३, भदौ २०७७

चिरबिर चिरबिर चराहरु, कल्याङकुलुङ खोलाहरु
चिसो हावा हरियाली वृक्षहरु
खै कहाँ गए आज
सोधौ कि भन्यो
यहाँ बोल्नै नमिल्ने भो ।

हामीले बुझ्ने भाकाहरु, सस्कृतिका स्मृतीहरु
सुमधुर संगीतका धुनहरु
खै कहाँ गए आज
सोधौ कि भन्यो
यहाँ बोल्नै नमिल्ने भो ।

हाम्रा रहरहरु, हाम्रा कर हरु
पुल पुलेसा र बाटाहरु
खै कहाँ बने आज
सोधौ कि भन्यो
यहाँ बोल्नै नमिल्ने भो ।

इतिहासका गाथाहरु, लोकतन्त्रका बाजाहरु
शहिदका सपनाहरु
खै कहाँ रहे आज
सोधौ कि भन्यो
यहाँ बोल्नै नमिल्ने भो ।

देखिएका सपनाहरु, बोलिएका शब्दहरु
छरिएका आस्वासनहरु
खै कहाँ पुरा भए आज
सोधौ कि भन्यो
यहाँ बोल्नै नमिल्ने भो ।

गणतन्त्रका नाराहरु, खोलिएका तालाहरू
तासको पत्तीमा रुमलिएका छोटे राजाहरु,
खै केहि सोधौ कित भन्यो
यहाँ बोल्नै नमिल्ने भो ।

हरिया चौरहरु, रापिला बगरहरु
बडेमानका ढुंगाहरु
खै कहाँ पुगे आज
सोधौ कि भन्यो
यहाँ बोल्नै नमिल्ने भो ।

गरिबका पसिनाहरू, रोपेको बालीहरु
बचत गरेको सपनाहरु
खै कसले लुट्यो आज
सोधौ कि भन्यो
यहाँ बोल्नै नमिल्ने भो ।।

1 प्रतिकृयाहरू प्राप्त
  • अग्नि राना मगरलेख्नुहुन्छ
  • |
  • सोमबार ०८, भदौ २०७७
अति मीठो समय सन्दर्भिक कबिता आशा छ आगामी दिनहरुमा पनि यस्तै मिठा मिठा रचनाहरु पस्कने छौ 😍😍❤️❤️👍️👍️