इजरायलले बनाउँदै संसारकै महँगो मास्क

Newslaya Home

इजरायलले बनाउँदै संसारकै महँगो मास्क

मङ्गलबार ०२, भदौ २०७७

काठमाण्डौ । कोरोना भाइरस महामारीले विश्वलाई नै तहसनहस बनाइरहँदा इजरायलले भने दुनियाँकै महँगो मास्क बनाउँदैछ ।

इजरायलको एक गहना कम्पनीले हिरा तथा सुनजडित कोरोना भाइरस मास्क बनाउन लागेको हो, यसको मूल्य १५ लाख डलर अर्थात् झण्डै २० करोड रुपैयाँ पर्नेछ । तयार भएसँगै यो मास्क विश्वकै महंगो मास्क बन्नेछ ।

यो मास्कमा १८ क्यारेटको सेतो सुनका साथै ३६ सय वटा सेतो तथा कालो हिरा प्रयोग प्रयोग गरिनेछ । एन ९९ फिल्टर सहितको उक्त मास्कको डिजाइन आइज्याक लेभीले गरेका हुन् । ग्राहकको माग बमोजिम एविल कम्पनीले सो मास्क डिजाइन गरी बनाइरहेको छ ।

कम्पनीका मालिकसमेत रहेका लेभीका अनुसार त्योसँगै उक्त मास्कले विश्वको सर्वाधिक महँगो मास्कको रुपमा कीर्तिमान कायम गर्नेछ ।