दुई गजल : कोरोनाको कहर

Newslaya Home

दुई गजल : कोरोनाको कहर

–बिन्दु ओझा
सोमबार ०१, भदौ २०७७

षडानन्द नगरपालिका–२, भोजपुर

गजल–१

जताततै भयभहक भै सक्यो कोरोना बाच्ने पो कसरी
सबै जनाले भन्छन साबुन पानिले हात धौउ है जसरी ।

बहुमतका नेता जतिलाई सत्ता र कुर्सी जोगाउनै गार्‍हो
अब हामी जनता कोरोनाबाट कति दिन पो बाच्ने यसरी ।

राहातको नाममा करोडौं करोड जम्मा भएको छ कोषमा
जनताले पाउने एक डल्लो साबुन, नेता भन्छन् काम गरियो बेसरी ।

हुने खाने र धनाड्याले त खान्छन् होला बसेरै घरमै
तर मझ्दुर र बिपन्न कति दिन बस्ने भोक भोकै तेसरी ।

जेजे भए नि सामना गर्नै पर्छ महामारी यो सन्त्रास
सबै जना घरै भित्र बस है साथी ठिक हुन्छ होलानी सुस्तरी ।।

गजल–२
कस्तो दुर्भाग्य छोरीको जन्मघर अनि जननी छोड्नु पर्ने
साथी सङ्गी आफ्न्तहरुको माया स्नेहलार्इ तोड्नु पर्ने ।

बालापन देखि हुर्की खेली रमेको आफ्नै गाउँ घर
आफ्न्त दाजु भाइ दिदीबहिनी त्याग्दै बाटो अन्तै मोड्नु पर्ने ।

कहिले काहीँ देख भेट समेत नभएकाहरु संगै
गएर नाता सम्बन्ध अनि त्यो प्यार जोड्नु पर्ने ।

रगतको नाता लाई परार्इ बनाउदै बिदाइका ती हात
संग संगै परार्इ भूमि अनि पराइ घरलार्इ रोज्नु पर्ने ।।