विराटनगरमा एकैदिन थपिए ४० जना कोरोना संक्रमित

Newslaya Home

विराटनगरमा एकैदिन थपिए ४० जना कोरोना संक्रमित

शनिबार ३१, साउन २०७७

विराटनगर । विराटनगरमा आज एकैदिन ४० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थप १३ जनामा संक्रमण पुष्टि भएसँगै आज थपिने संक्रमितको संख्या ४०पुगेको हो ।

विराटनगर महानगरपालिकामा १० महिला र ३ पुरुषमा संक्रमण देखिएको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड–१९ टिमका राजेन्द्र कुइकेलले जानकारी दिए ।

संक्रमितहरुमध्ये विराट मेडिकल कलेजका ३ जना, मोरङ सहकारी अस्पतालका एक जना कर्मचारी समेत रहेका छन् भने एक जना प्रहरी रहेको कुइकेलले बताए ।

कुइकेलका अनुसार विराटनगर महानगरपालिका वडा नम्बर ३ का तीन जना र ९ नम्बर वडाका ५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, वडा नम्बर २, ५, १०, ११ र १६ का १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका १३ जनासहित पछिल्लो २४ घण्टामा विराटनगर महानगरपालिकामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

विराटनगर महानगरपालिकामा हालसम्म ४ सय ८२ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।