आज प्रदेश १ मा थपिए ८६ जना कोरोना संक्रमित

Newslaya Home

आज प्रदेश १ मा थपिए ८६ जना कोरोना संक्रमित

शनिबार ३१, साउन २०७७

विराटनगर । आज प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार प्रदेशमा ५४ पुरुष र ३२ महिलालाई संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिएका मध्ये विराटनगरमा ४०, रंगेलीमा ९, धनपालथान गाउँपालिकामा ५, जहदामा ३, बुढीगंगामा २, सुन्दरहरैचामा २, सुनवर्षी, कानेपोखरीमा १ ÷१ जना रहेका छन् ।

सुनसरीमा १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ११ जना, रामधुनीमा ५ जना र बर्जुमा ३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै ओखलढुङ्गगा, तेह्रथुम र उदयपुरमा १÷१ जनामा संक्रमण देखिएको छ ।