वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Newslaya Home

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

शनिबार ३१, साउन २०७७

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–२६ अठराह सुगौलीका ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शनिबार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

उनलाई एकसातादेखि ज्वरो आउनुका साथै स्वासप्रश्वासमा समस्या देखिएको परिवारजनले बताएका छन् ।

अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले समयमै उपचारका लागि अस्पतालमा नल्याउँदा बिरामीको मृत्यु भएको बताए ।