जबरजस्ती करणी गरेको आरोपमा उदयपुरका एक युवा पक्राउ

Newslaya Home

जबरजस्ती करणी गरेको आरोपमा उदयपुरका एक युवा पक्राउ

शनिबार ३१, साउन २०७७

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका चुनदेवीस्थित १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–५ कुर्कन्टार घर भई सूर्यविनायक–५ चुनदेवी बस्ने १९ वर्षीय गंगा गिरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

गिरी आफैले संचालन गरेको ड्राईभिङ सेन्टरको कार्यालय कोठामा २०७६ मंसिर ७ गते ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।