यौन दुर्व्यवहार सम्बन्धी अडियो सार्वजनिक पछि विद्यार्थी संगठनहरुको संयुक्त बिरोध

Newslaya Home

यौन दुर्व्यवहार सम्बन्धी अडियो सार्वजनिक पछि विद्यार्थी संगठनहरुको संयुक्त बिरोध

शनिबार ३१, साउन २०७७

इटहरी । सुनसरीको इटहरी स्थित जनता बहुमुखी क्याम्पसका प्रध्यापक राजन भट्टराईले आफ्नै सहकर्मी कृष्णकला राईमाथि गरेको फोन कुराकानीको अडियो सार्वजनिक भएपछि विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विरोध जनाएका छन् ।

शनिबार समाजवादी विद्यार्थी फोरम जबक्याका अध्यक्ष चन्द्र किराती, नयाँ शक्ति विद्यार्थी युनियनका संयोजक प्रविण दाहाल र अखिल क्रान्तिकारीका कार्यवाहक सचिव अर्जुन पौडेलले संयुक्त विज्ञप्ती जारी गर्दै घटनाप्रति निन्दा गरेका हुन् ।

सार्वजनिक रुपमा आएको घटनालाई गुपचुप राख्न खोजेर क्याम्पसको बदनाम हुँदा समेत मौन बसेर लाचारीपन देखाउने छुट कसैलाई नभएको भन्दै समाजवादी विद्यार्थी फोरमका अध्यक्ष चन्द्र किरातीले घटनाप्रति क्याम्पसले साहसी कदम उचाल्न तयार रहे संगठनको सँधै साथ रहेने बताएका छन् ।

किरातीले भने–“उहाँहरुको फोनवार्ता हुनु नितान्त व्यक्तिगत बिषय होला तर मिडिया र सामाजिक सञ्जालमा क्याम्पसको नाम जोडेर सार्वजनिक भैसके पछि क्याम्पसकै आधिकारिक प्राध्यापक भएको हुनाले उहाँहरुलाई नैतिक रुपमा प्रश्न चिन्ह खडा भएको छ । यसको चित्तबुझ्दो उत्तर उहाँहरुबाटै आउनै पर्छ र क्याम्पस प्रशासन र संचालक समितिले सत्यतथ्य छानबिन गरि कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्छ ।”

जनता बहुमुखी क्याम्पस एक ज्ञानको भूमि भएकाले क्याम्पसको स्वच्छता र पवित्रता कायम राख्न जुनसुकै मूल्य चुकाउन सदासर्वदा तयार रहेको नयाँ शक्तिका संयोजक प्रविण दाहालले बताए ।
उनले यस प्रकारको घटनाले क्याम्पसको मात्र नभई सिङ्गो प्राध्यपकीय मर्यादामा आघात पुर्याएको उल्लेख गर्दै दोषीलाई तत्काल कारबाही गरिनुपर्ने माग गरेका छन् ।

बुधबार राती प्राध्यापक भट्टराईले आफूमाथि यौनजन्य दुव्र्यवहारको नियतले फोन संवाद गरेको भन्दै कृष्णकला राईले आरोप लगाएकी थिइन् । यसरी सार्वजनिक रुपमै क्याम्पसको नाम जोडिएर अनर्गल प्रचारप्रसार हुनु दुखद पक्ष भएकाले घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कडा कारबाही गरिनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

भट्टराईले मागे माफी
यसै बिच घटनाका आरोपित राजन भट्टराईले माफी मागेको पीडित कृष्णकला राईले जानकारी दिएकी छिन् ।
 
क्याम्पसका अध्यक्ष, प्रमुख, पदाधिकारी, विद्यार्थी प्रतिनिधि लगायत बसेको बैठकले उनले माफी मागेको र आगामी दिनमा नदोहोर्याउने प्रतिबद्धता जनाएको राईले जानकारी दिइन् ।

विद्यार्थी संगठनहरुको विज्ञप्ति: