धरानमा महिलालाई बलात्कारको प्रयास गरी लुटपाट गर्ने पक्राउ

Newslaya Home

धरानमा महिलालाई बलात्कारको प्रयास गरी लुटपाट गर्ने पक्राउ

शनिबार ३१, साउन २०७७

धरान । सुनसरीको धरानबाट महिलालाई बलात्कारको प्रयास गरी लुटपाट गर्ने एक जना पक्राउ परेका छन् ।

शुक्रबार धरान–१७ स्थित उदय सामुदायिक वनमा निगुरो टिप्न गएकी स्थानीय ५५ वर्षीया एक महिलालाई बलात्कारको प्रयास गरी लुटपाट गरेको आरोपमा सोही ठाउँका ३३ वर्षीय टेकबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

धारीलो हतियार खुकुरी देखाएर जबरजस्ती करणी गर्न खोजेको र महिलाले कानमा लगाएको सुनको कुन्डल र नाकको फुली लुछेर फरार भएको भन्ने पिडित महिलाले दिएको सुचनाका आधारमा तत्कालै इलाका प्रहरी कार्यालय धरानले धामीलाई उनकै घरबाट पक्राउ गरेको कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

पक्राउ परेका धामी र पीडित दुवैकौ शारीरिक परीक्षण गरि धामीमाथी जबरजस्ती करणी उद्योग तथा चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।