धरानमा कोरोना संक्रमित हुनेको संख्या ७१ पुग्यो, आज थप ७ जनामा कोरोना देखियो

Newslaya Home

धरानमा कोरोना संक्रमित हुनेको संख्या ७१ पुग्यो, आज थप ७ जनामा कोरोना देखियो

शनिबार ३१, साउन २०७७

धरान । सुनसरीको धरानमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शनिबार बिहानै गरिएको परीक्षणमा धरान ११ का ३९,४२ र ३६ वर्षीय ३ जना पुरुष, धरान १६ का १ जना २३ वर्षीय पुरुष, धरान १३ का २८ वर्षीय पुरुष, धरान १ का १ जना २५ वर्षीय पुरुष र धरान १९ का २६ वर्षीय १ जना पुरुषमा गरी जम्मा ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७१ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

सङ्क्रमितहरू एन्फा क्वारेनटाइनमा पनि हुन सक्ने भएकाले पूर्ण विवरण आउन बाकी रहेको जनाइएको छ ।