प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

Newslaya Home

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

शनिबार ३१, साउन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच टेलिफोन वार्ता भएको छ ।

शनिबार(आज) बिहान दुई देशका प्रधानमन्त्रीबीच करिब ११ मिनेट कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

लिम्पियाधुरासहितको भूभाग नेपालले आफ्नो नक्सामा समेटेपछि दुई देशको सम्बन्ध चिसिएको थियो । र, प्रधानमन्त्री तहमा संवाद हुन सकेको थिएन ।

भारतको स्वतन्त्रता दिवसको सन्दर्भ पारेर दुई अध्यक्षबीच वार्ता भएको बताइएको छ । वार्तामा द्विपक्षीय हित प्रबद्र्धन र कालापानी विवादबारे पनि कुराकानी भएको स्रोतले जानएको छ ।