दमकमा अनिश्चतकालका लागि व्यापार व्यवसाय बन्द

Newslaya Home

दमकमा अनिश्चतकालका लागि व्यापार व्यवसाय बन्द

शनिबार ३१, साउन २०७७

झापा । झापाको दमकमा अनिश्चतकालका लागि व्यापार व्यवसाय बन्द गरिने भएको छ ।

शनिबार (आज) दमक उद्योग वाणीज्य संघको आकस्मिक बैठक बसी दमकमा समुदाय स्तरमा कोरोनो भाईरस देखिएको हुनाले आफ्नो मातहतका उद्यमी व्यावसायीलाई संक्रमण हुन सक्ने भन्दै अर्को सूचना नभए सम्मका लागि पसल बन्द गर्न आवहन गरिएको हो ।

शुक्रबार मात्र दमकमा समुदाय स्तरका बिभिन्न स्थानमा ७ जनामा कोराना संक्रमण देखिएपछी ब्यवसायीको सल्लाह सुझावलाई ध्यानमा राखेर आज ४ बजे दमकका सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरीएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।