सुनसरीमा हात खुट्टा बाँधेर बोरामा फालिएको अबस्थामा युवकको शव फेला

Newslaya Home

सुनसरीमा हात खुट्टा बाँधेर बोरामा फालिएको अबस्थामा युवकको शव फेला

शनिबार ३१, साउन २०७७

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा हत्या गरिएको अबस्थामा एक युवकको शव फेला परेको छ ।

शव बिहीबारदेखी हराइरहेका नरसिंह–७ का २२ वर्षका गुणराज यादवको रहेको छ । यादवको शव शनिबार (आज) बिहान भोक्राहा नरसिंह–५ झोलुङ्गे पुल नजिक सुनसरी खोलामा प्लास्टिकको बोरामा बाँधेर पानीमा राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने प्रहरीले जानएको छ । यादवको हत्या आशङ्कामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार भने युवाको खोजी गर्दा रगत लतपतिएको घटनास्थल भेटिएको थियो ।

उक्त स्थानमा मृतकको चप्पल, डोरी र बास भेटिएको थियो । अपराध स्थलदेखि करिब एक किलोमिटर पर आज बिहान शव भेटिएको हो ।