घुस लिएको आरोपमा कर्मचारीलाई पक्राउ गराएको भन्दै वन कार्यालयद्वारा स्थानीय पक्राउ

Newslaya Home

घुस लिएको आरोपमा कर्मचारीलाई पक्राउ गराएको भन्दै वन कार्यालयद्वारा स्थानीय पक्राउ

शनिबार ३१, साउन २०७७

उदयपुर । आफ्ना कर्मचारीहरुलाई घुस लिएको आरोपमा पक्राउ गराएको भन्दै वन कार्यालयले स्थानीयहरुलाई पक्राउ गरेको छ ।

सप्तकोशी नदिले बगाएर ल्याएको काठ निकालेर चिरेको आरोपमा बेलका नगरपालिका– ३ चिलिया टप्पुका एक स्थानीयसँग १७ हजार रुपैया घुस लिएको आरोपमा वनका ६ जना कर्मचारीलाई स्थानीयले पक्राउ गरि प्रहरीलाई बुझाएका थिए ।

त्यसैको प्रतिशोध साधन वन कार्यालयले स्थानीयबासीहरुलाई पक्राउ गरेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए । पक्राउ परेका वनका ६ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

पक्राउ पर्नेमा सहायक वन अधिकृत बिनोद साह, सहायक वन अधिकृत शिवनारायण यादब, मैनामैनी सब डिभिजनका फरेष्टद्धय बिशेश्वरप्रसाद चौधरी, शैलेन्द्र झा, बन रक्षक मनोज राउत र रामपुर सब डिभिजन कार्यालयका फरेष्ट रमेश राई रहेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।