कोरोना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाको २९ स्थान सिल

Newslaya Home

कोरोना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाको २९ स्थान सिल

शनिबार ३१, साउन २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै २९ स्थानमा सिल गरिएको छ । बिभिन्न टोलका व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिएसँगै उक्त स्थान सिल गरिएको हो ।

संक्रमितको संख्या बढ्दै जाँदा कुलेश्वर, न्यूरोड, इन्द्रचोक, मनमैजु, कलंकी, महाबौद्ध, कोटेश्वर, हात्तिवन, लगाएतका २९ क्षेत्रमा सिल गरिएको छ ।

त्यस्तै, महाराजगञ्जस्थित शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण पुष्टि भएसँगै उक्त अस्पताल पनि सिल गरिएको छ ।
सरकारले संक्रमण नफैलियोस् भनेर सवारी साधनमा जोर÷विजोर प्रणाली लागू गरेको र केही कार्यालयहरु बन्द गरेको छ ।