फलामको गेटले किच्दा झापामा एक बालिकाको मृत्यु

Newslaya Home

फलामको गेटले किच्दा झापामा एक बालिकाको मृत्यु

शनिबार ३१, साउन २०७७

झापा । विर्तामोड नगरपालिका–१ मा छिमेकीको बन्दै गरेको घरको गेटले किचेर शनिबार (आज) एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारका आठ वर्षीया छोरी एन्जल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको गेटले किच्दा सुनुवारका खेल्दै गरेका छोरीहरु ११ वर्षीया एलुन र आठ वर्षीया एन्जला सुनुवार शुक्रबार गम्भीर घाइते भएका थिए ।

घाइते दुवैलाई विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा एन्जलको मृत्यु भइसकेको र एलुनको उपचार भइरहेको जानइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।