विराटनगरमा आज थपिए २५ जना संक्रमित

Newslaya Home

विराटनगरमा आज थपिए २५ जना संक्रमित

शनिबार ३१, साउन २०७७

विराटनगर । विराटनगरमा पछिल्लो १२ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ जना महिला र १७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

शनिबार(आज) बिहान थपिएका विराटनगर–१ मा १, विराटनगर ३ मा ५, विराटनगर–५ मा २, विराटनगर–६ मा ५ जना विराटनगर–८ मा १, विराटनगर ९ मा २ जना, विराटनगर ११ मा १ जना , विराटनगर १३ मा १ विराटनगर–१५ मा १, विराटनगर १६ मा ३ र विराटनगर १७ मा २ जना रहेको महानगर कोभिड शाखाले जानकारी दिइएको छ ।

आज बिहान थपिएकासँगै महानगरपालिकामा ४६७ संक्रमित पुगेका छन् ।