धरानमा दुई नर्सलाई कोरोना संक्रमण

Newslaya Home

धरानमा दुई नर्सलाई कोरोना संक्रमण

शनिबार ३१, साउन २०७७

धरान । धरानस्थित वीपी प्रतिष्ठान धरानमा कार्यरत दुई नर्समा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानको एमआईसीयूमा कार्यरत दुई जना नर्समा कोरोना देखिएको हो ।

उनीहरुको प्रतिष्ठानकै कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रतिष्ठानका मेडिसिन विभिाग प्रमुख डाक्टर संजिवकुमार शर्माले जानकारी दिएका छन् ।

यस अगाडी प्रतिष्ठानकै दुई जना डाक्टरमा समेत कोरोना देखिए पछि उनीहरुपनि उपचारका लागि कोभिड अस्पताल भर्ना गरीएको डाक्टर शर्माले जानकारी दिए ।