बुटवलमा आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु

Newslaya Home

बुटवलमा आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु

शनिबार ३१, साउन २०७७

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप एकजनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।

शनिबार(आज) बिहान मृत्यु भएका कपिलवस्तुका ४२ वर्षका बिरामी तीनदिन अघि अस्पतालमा भर्ना भएका थिए । उनको फोक्सोमा समस्या देखिएकाले आइसीयूमा राखेर उपचार भइरहेको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आए पनि पुनः गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।